२२ भदौ २०८३, सोमबार | September 7, 2026

गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी



काठमाडौं । यातायात व्यवसायीसँग गृहमन्त्री रमेश लेखकले छलफल सुरु गरेका छन् । सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन् ।

अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन् । यातायात बन्दले सर्वासाधारणलाई सास्ती भएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै केही दिनदेखि प्रदेश केन्द्रित आन्दोलन चर्काएका व्यवसायीले सोमबारदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन् ।

यातायात व्यवसायीको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन् । सडकमा निजी सवारी साधनमात्र चलेका छन् । सधै व्यस्त हुने काठमाडौंका सडक खाली प्राय छन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : ४४ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा