१० पुस २०८२, बिहिबार | December 25, 2025

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा



काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।

नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । उनले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताइन ।

“नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्र्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,” नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ ।

“यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,” महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, आजै टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारीसाधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रुपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गरेकाछन् ।

अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ४ : २८ बजे

एन आई सी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

काठमाडौ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव भएका 

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई-रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छ : प्रधानमन्त्री कार्की

। प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

१७ वर्षपछि स्वदेश फर्किए तारिक रहमान, ढाकामा भव्य स्वागत

ढाका । बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको