३२ असार २०८३, बिहिबार | July 16, 2026

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन



काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उनले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिए ।

गृहमन्त्री लेखकले भने, “विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पु¥याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।”

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नसमेत आग्रह गरे । “यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुप¥यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ-आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ”, उनले भने ।

गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए । बढी जोखिम देखिएका ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उनको भनाइ थियो । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो कमजोरी भयो भन्ने अवस्था आउनुभएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुप¥यो”, उनले भने ।

छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिइएको थियो । विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत आ-आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ६ : १६ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको