१० असार २०८३, बुधबार | June 24, 2026

बुटवलमा जेठ ३१ गते डोरी तान प्रतियोगिता हुँदै



बुटवल । नेपाल खेलकुद महासंघ, जिल्ला कमिटि रुपन्देहीको आयोजनामा जेठ ३१ गते प्रथम पालिका स्तरीय खुला पुरुष डोरी तान (टग अफ वार) प्रतियोगिता २०८२ हुने भएको छ ।

‘खेलकुद विकासका लागि स्थानिय तहदेखी केन्द्रसम्म भौतिक पूर्वाधार, ब्यवसायिक र प्रतिस्प्रर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुन गैरहेको कमिटिका अध्यक्ष समुन्द्र श्रेष्ठले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि बताए । परम्परा, शक्ति र सामूहिकता बोकेको खेलका रुपमा डोरी तान खेल रहेको उनले बताए ।

दुई टोलीबीच शक्ति, तालमेल र सहकार्यको उत्कृष्ट परीक्षणका रुपमा खेलिने एक प्राचीन र विश्वव्यापी रुपमा लोकप्रिय खेल भएर पनि ब्यवसायिक हुन नसकेको हुदा यसलाई युवा वर्गमा प्रतियोगितामार्फत चिनाउने प्रयास गरेको उनले बताए । सन् १९६० मा टग अफ वार ईन्टरनेश्नल फेडेरेसनको स्थापना भएको तथा विभिन्न देशहरूमा प्रतियोगिता र नियमको मान्यता दिदै आएको उनले बताए । यो खेल केही वर्षअघिसम्म ओलम्पिक खेलमा समेत समावेश भएको थियो ।

कार्यक्रममा नेकोस केन्द्रिय सचिवालय सदस्य एवं रुपन्देही इन्चार्ज शंकर पाण्डेले पछिल्लोसमय ओझेलमा परेको खेललाई चर्चामा ल्याउने गरि प्रतियोगिता गर्न लागेको बताए ।

रुपन्देही जिल्ला कमिटि सचिवालय सदस्य एवं खेलकुद इन्चार्ज नकुल शाहीले महासंघमा आवद्ध सबै खेल विधालाई प्राथमिकतामा राखेर गतिविधिमा जोड दिने बताए ।

कार्यक्रममा नेकोस केन्द्रिय सदस्य जुनु भण्डारी, नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, डोरी तान संघका केन्द्रिय सदस्य नवराज खरेल, नेकपा एमाले वडा नं. ११ सचिव बिर बहादुर कुवर, नेकोस बुटवल नगर अध्यक्ष प्रविण गैरेले समाजमा धेरै प्रचलित खेलका रुपमा रहेको डोरी तान खेल नया पुस्तामा हराउ थालेको भन्दै प्रचार प्रसार र गतिविधिमा जोड दिन आग्रह गरे ।

समुदायमा रहेका खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने तयारी रहेको भन्दै उनले मुख्य प्रायोजक, प्रायोजक, सहप्रायोजक वापत सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रबाट सम्मान गरिने बताए । सिद्धेश्वरी खेलमैदानमा गरिने प्रतियोगिता बेष्ट अफ थ्रि को आधारमा खेलाईने खेल संयोजक त्रिभुवन शर्मा पाण्डेले बताए ।

प्रतियोगिताको प्रथम टिमलाई नगद ५० हजार, दोस्रो हुने टिमलाई नगद २० हजार तथा तेस्रो हुने टिमलाई नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रतियोगितामा भाग लिने प्रत्येक टिममा ८ जना सदस्यको कुल तौल ६४० केजी हुनुपर्ने छ । प्रतियोगितामा ६ लाख ४० हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ४ : ३८ बजे

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न थालेका

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ ।

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा