३ पुस २०८२, बिहिबार | December 18, 2025

अध्यक्ष माथि भ्रष्टाचारको मुद्दा लागेपछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ । सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा लागे छि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन ।

उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दाबी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दावी गरेका छन ।

‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन । यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन् । नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने ।

पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेको समेत बताए । ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्षज्यु काठमाडौं फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ३ : ४३ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका