२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

अध्यक्ष माथि भ्रष्टाचारको मुद्दा लागेपछि नेकपा एसले भन्यो, ‘राजनीतिक प्रतिशोध साँधियो’



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्ना अध्यक्षमाथि राजनीतिक प्रतिशोध साँधेको गम्भिर आरोप लगाएको छ । सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष नेपाल विरुद्ध भ्रष्टाचारको मुद्दा लागे छि सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ राजनीतिक प्रतिशोध साँधिएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन ।

उनले सरकार र मन्त्रीपरिषदलाई नीतिगत निर्णय गर्ने अधिकार रहेकोसमेत दाबी गरेका छन् । उनले नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै गएमा संसदबाट धेरै जना भ्रष्टचारको केसमा फस्नेसमेत उनले दावी गरेका छन ।

‘सरकारसँग नीतिगत निर्णय गर्ने अधिकार थियो, अहिले त्यो विधेयक राज्य व्यवस्था समितिमा अड्किरहेको छ, मन्त्रिपरिषद्लाई नीतिगत निर्णय गर्ने अधिकार दिने कि नदिने विषयमा टुंगिन पाएको छैन । यसअघिका गिरिबन्धु टी स्टेट पनि नीतिगत निर्णयमै पर्छन् । नीतिगत निर्णयलाई भ्रष्टाचार मान्दै जाने हो भने संसदमा रहेका धेरै मान्छेहरू बिदा हुनुपर्ने हुन्छन्, उनले भने ।

पाण्डेले पार्टी अध्यक्ष नेपाल अहिले रौतहटमा रहेको र त्यहाँबाट काठमाडौंका लागि हिंडेको समेत बताए । ‘यो व्यक्तिगत भन्दा पनि पार्टीको कुरा हो, अध्यक्षज्यु काठमाडौं फर्किए पछि यस विषयमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ३ : ४३ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात