३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल उपमहानगरले ४० जना छोरीलाई नि:शुल्क इन्जिनियरिङ पढाउने



बुटवल । बुटवलमा ४० जना छोरीलाई नि:शुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।

एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरुले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०-२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम शुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने छ ।

 

छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मदत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

हामी कहाँ दक्ष जनशक्ति अभाव छ र सीप सिक्न चाहनेहरुको संख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीहरुलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौं, उनले भने- यसलाई नियमित रुपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ । उपप्रमुख सावित्रादेवी अर्यालले छात्राहरुको जनशक्ति उत्पादनमा जोड दिने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ५२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको