३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवल उपमहानगरले ४० जना छोरीलाई नि:शुल्क इन्जिनियरिङ पढाउने



बुटवल । बुटवलमा ४० जना छोरीलाई नि:शुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो ।

एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरुले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ र प्रि डिप्लोमा मेकानिकल इन्जिनियरिङका लागि २०-२० जनाको आवेदन खुला भएको बुटवल टेक्निकल इन्स्टिच्युटले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटअनुसार छोरी पढाउ कार्यक्रम सञ्चालन गर्नका लागि अध्ययनका लागि लाग्ने खर्चमा पूर्ण सहयोग गर्ने गरी कार्यक्रम शुरु गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार यसै शैक्षिक सत्रदेखि सञ्चालन हुने कार्यक्रम नियमित रुपमा अगाडि बढ्ने छ ।

 

छात्राहरुलाई प्राविधिक क्षेत्रमा अगाडि बढ्नका लागि मदत पुग्ने गरी र प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

हामी कहाँ दक्ष जनशक्ति अभाव छ र सीप सिक्न चाहनेहरुको संख्या धेरै छ, अहिलेका लागि हामीले ४० जना छोरीहरुलाई अध्ययनका लागि लाग्ने खर्च व्यवस्थापन हुने गरी बीटीआइसँग सहकार्य गरेर यो कार्यक्रम सञ्चालन गरेका छौं, उनले भने- यसलाई नियमित रुपमा अगाडि बढाउने र थप क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको छ । उपप्रमुख सावित्रादेवी अर्यालले छात्राहरुको जनशक्ति उत्पादनमा जोड दिने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ५२ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको