३२ असार २०८३, बिहिबार | July 16, 2026

संसद्‍मा रोकिएन विपक्षीको अवरोध संसद् बैठक भोलिसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन । बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन । बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि तय गरिएको कार्यसूची सम्पूर्ण कार्यक्रम हटाएर बैठक स्थगित गरेका छन् । अर्को बैठक शुक्रबार १ बजे बस्ने गरी उनले संसद् स्थगित गरेका छन् ।

सभामुख घिमिरेले बैठक सुरू भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख घिमिरेले दलीय आधारमा सांसदहरूलाई बोल्न समय दिने बताइरहे पनि अवरोध जारी राखेका थिए ।

उनीहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । सत्तापक्षका दल नेपाली कांग्रेस र नेकपा एमाले भने गृहमन्त्री लेखकले सदनमा बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ६ : ०५ बजे

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको

आठ करोडको लगानीमा चिया उद्योग सञ्चालन : अर्गानिक अर्थोडक्स’ अन्तरराष्ट्रिय बजारमा

इलाम । इलामको जस्बिरे चिया प्रशोधन उद्योगले पछिल्लो समय आफ्नो

रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती

लमजुङ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका

म्याग्दीका वनमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

नवलपुर । देशकै कान्छो जिल्ला नवलपुरमा निर्माणाधीन नमूना जिल्ला सदरमुकामको