८ बैशाख २०८३, मंगलबार | April 21, 2026

यु-१४ विद्यालय खेलकुदमा सहभागी हुने टेवलटेनिस खेलाडीहरुको बिदाई



बुटवल । काठमाडौंमा हुन गैरहेको चौध वर्ष मुनीका यु-१४ विद्यालय खेलकुद प्रतियोगितामा छनौट भएका टेवल टेनिसका खेलाडीहरुलाई बुटवलमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।

लुम्बिनी प्रदेश टेवल टेनिस संघको आयोजनामा भएको विदाई कार्यक्रममा प्रदेशबाट छनौट भएका ६ जना खेलाडीलाई खादा तथा टिर्सट प्रदान गर्दै विदाई गरिएको थियो ।

खेलाडीहरुलाई बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, लुम्बिनी प्रदेश टेवल टेनिस संघका अध्यक्ष विकास बहादुर सिंह, सल्लाहाकार कृष्णकुमार श्रेष्ठ, रुपन्देही जिल्ला अध्यक्ष नरबहादुर क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्च, रुपन्देहीका अध्यक्ष सुमन अधिकारी, संघका प्रदेश सचिव रमेश न्यौपानेले टिका, खादा र टिर्सट प्रदान गर्दै खेलाडीहरुलाई विदाई गरेका थिए ।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै छात्रतर्फ सुविन क्षेत्री, सुविन थापा र सुभभ न्यौपाने तथा छात्रातर्फ सोनाम गुरुङ, आयना शाह र परिनिता गिरी सहभागी हुदैछन् । यी खेलाडीहरुले सिंग्गल र डबल विधामा प्रतिष्पर्धा गर्ने छन् ।

सो अवसरमा बोल्ने प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने प्रतियोगितामा सहभागीता जनाउदा जित्ने मात्र नभएर सिक्ने कुरामा पनि ध्यान दिन आग्रह गर्दै अभिभावकहरुलाई आफ्ना बच्चालाई खेल खेल्ने प्रेरित गर्न सुझाव दिए । कार्यक्रम सघका सचिव रमेश न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने यु-१४ विद्यालय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशबाट विभिन्न विधाका ७८ खेलाडी छनौट भएका छन् । प्रतियोगितामा चौध वर्ष मुनीका विद्यार्थीहरुले ब्याटमिन्टन, टेवलटेनिस, बास्केटवल, एथलेटिक्स, रग्बी र क्रिकेटमा सहभागीता जनाउने छन् ।

लुम्बिनीबाट एथलेटिक्सतर्फ छात्र रिले र लङजम्पमा ११ जना, टेवलटेनिसमा ६ जना, बास्केटबलबाट ९ जना, रग्वीमा २६ जना, ब्याटमिन्टनमा ७ जना, क्रिकेटमा १६ जना खेलाडी र टोलीनेता, उपनेता गरि ७८ जना छनौट भएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ४ : ५२ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति