२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

झापामा करेन्ट लागेर आठ जना घाइते



झापा । कनकाई नगरपालिका-२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् ।

स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उहाँहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् ।

घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

आजै कमल गाउँपालिका-२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल हुन ।

आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उनी घाइते भएकम थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार  ९ : ५० बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली