२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै



काठमाडौं । ‘खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७ औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ को संयुक्त राष्ट्रसङ्घको ७३ औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष विश्वमा अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ ।

प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी हुने र दुई लाख ३० हजार मानिसको मृत्यु हुने गर्दछ ।

विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन सुरु गरेको विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययनअनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छीजन्य खाद्य पदार्थमा एण्टिबायोटिकको अवशेष, खाद्यान्नमा ढुसीजन्य विषको समस्या रहेको औँल्याएको छ । संविधानसभाबाट जारी भएको संविधानले हरेक नेपालीका लागि खाद्यसम्बन्धी हकको सुनिश्चितता गरेको छ ।

खाद्य स्वच्छता र गुणस्तरको लागि ऐनका प्रावधान परिपालनामा विभिन्न सरोकारवालाको महत्वपूर्ण भूमिका हुने र आआफ्नो क्षेत्रबाट उपयुक्त रूपमा सम्बोधन गर्न सम्बन्धित सरकारी एवम् गैरसरकारी सङ्घसंस्था अन्तर्राष्ट्रिय विकास साझेदारी सङ्घसंस्था, खाद्य उद्योग, खाद्य तथा पोषणसँग सम्बन्धित सङ्घसंस्था, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घसंस्थासँग समन्वय गरी दिवस मनाउन लागिएको हो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ७ : ३८ बजे

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी