२० मंसिर २०८२, शनिबार | December 6, 2025

चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह



बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’ को वर्षा सम्बन्धी चेतावनी जारी गरेको छ ।

शनि दिउँसो २ बजेदेखि आइतबार दिउँसो २ बजेसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तहरूमा व्यापक वर्षा हुने अनुमान गरिएको छ ।

जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानहरूमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ । कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा सोभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ, जससँगै मेघगर्जन र हुरीसमेत देखापर्न सक्ने अनुमान छ ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई शहरी तथा ग्रामीण क्षेत्रका ढल तथा निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ ।

चीनमा प्रयोग गरिने चार–स्तरीय रङ्गको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ्ग हो भने त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र नीलो रंगले घट्दो स्तरका खतरा दर्शाउँछन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  ५ : ०९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले