६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

हैदराबादमा ‘लिभिङ टुगेदर’मा रहेकी नेपाली महिलाको हत्या, पुरुष पक्राउ



काठमाडौं । भारतको हैदराबादमा प्रेमिकाको हत्या गरेको आरोपमा एक जना नेपाली युवक पक्राउ परेका छन् । हैदराबादको बाचुपल्ली क्षेत्रमा ३० वर्षीय नेपाली नागरिक विल्सन नामक विजय टोप्पाले आफ्नी प्रेमिका ३३ वर्षीया तारा बोहराको हत्या गरेको आरोपमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ । हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ । विजयले ताराको हत्या गरी ट्राभल ब्यागमा शव हालेर फालेको भेटिएपछि जुन ४ मा घटनाको खुलासा भएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

विजयसँग फेसबुकमार्फत चिनजान भएपछि तारा अप्रिल १५ मा हैदराबाद गएर लिभिङ टुगेदरमा बस्दै आएका थिए । विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् । तारा विवाहित र दुई छोराछोरीकी आमा थिइन् ।

मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : ११ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक