२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको आज स्थलगत निरीक्षण गरेका छन ।

प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए । उनलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरकफरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ६ : ३० बजे

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी