२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने



बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ । बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए ।

उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले सधै सबैको साथ र सहयोगको अपेक्षा गर्दै आएको छ ।’

उनले तीन वर्षको अवधिमा भएगरेका कामहरुको समीक्षा गर्दै बाँकी अवधिमा बुटवलको हित र पक्षमा काम गर्ने बताए । ‘हामीले कार्यभार सम्हालेको ३ वर्षको समीक्षा गर्दै बाँकी अवधिमा पनि बुटवललाई सबल र समृद्ध बनाउने गरी काम गर्ने छौं, उनले भने-यसमा सबैको साथको जरुरी छ ।’

प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताए । ‘नभएका काममा मात्रै बुटवलले गरेन भन्ने तर जे जति काम भएका छन् त्यसमा बुटवलको भूमिकै छैन जसरी विचार निर्माण गर्न भएन, उनले भने-बुटवलले आफ्नो तर्फबाट गर्ने काममा सधै प्राथमिकता दिएको छ ।’ ३ वर्षको कार्यकालका मुख्य मुख्य उपलब्धिहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्ष र क्षेत्रको साथ र सहयोगको अपेक्षा र सुझावको खाँचो रहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताइन् । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने बताइन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ४ : ३७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल