१ असार २०८२, आइतबार | June 15, 2025

समाजवादी क्रान्ति नयाँ चरणमा : प्रचण्ड



काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

आज आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गर्दै माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए । उनले भने, “समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ, यो अभियानमा जोडिन म सबैलाइ आग्रह पनि गर्दछु ।”

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले सो पार्टी प्रवेश र समायोजनले पार्टीको अभियानमा थप ऊर्जा तथा उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे ।

साथै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति आकर्षक बढ्दै गएको उल्लेख गर्दै पार्टीमा समायोजन हुन आउनेलाई उचित जिम्मेवारी दिइने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ११ : ३८ बजे

लुम्बिनी प्रदेशको बजेट आज, कृषि, पूर्वाधार र रोजगारीलाई प्राथमिकता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का

पाँचथरमा बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु, तीनको उपचार जारी

पाँचथर । पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी

एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको

संस्कृति जोगाउँदै समावेशी विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख

आज भूम्या पर्व, धुमधामकासाथ मनाइँदै, लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

नेपालगन्ज। मगर सुमदायको नयां वर्ष ल्होछार पछिको सबैभन्दा ठुलो पर्व