९ असार २०८३, मंगलबार | June 24, 2026

पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’: आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष



इस्लामाबाद । पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो सङ्कटको प्रमाण भनेको छ ।

पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताए ।

उनीहरूले मात्र तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गरेको डनले बताएका छन ।

यसअघि पिटिआईको छ दशमलव पाँच प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताए । राष्ट्रपति आसिफ जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उनले बताए ।

तीन वर्षमा वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उनको भनाइ थियो । उनका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ ।

अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताए । “सबै बालीले नकारात्मक वृद्धि देखाए, तर गधाहरूको जनसङ्ख्या बढेको छ”, उनले टिप्पणी गरे ।

पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कलाई उद्धृत गर्दै उनले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठद सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताए ।

पिटिआई नेताहरूले आर्थिक पतनका कारण ठूलो सङ्ख्यामा पलायन हुने चेतावनी पनि दिएका छन् । अकरमले खराब आर्थिक अवस्थाबाट बच्न मानिसहरू देशबाट भागिरहेको र चाँडै थप आउने बताए ।

अयुबका अनुसार हालैका वर्षहरूमा ३२ लाख मानिसले रोजगारी गुमाउने, मुद्रास्फीति र खराब जीवनस्तरको कारण पाकिस्तान छोडेका थिए । उनले सत्तारूढ सांसदहरू उनीहरूको असफल शासनका कारण मतदाताहरूको सामना गर्न असमर्थ रहेको बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : १४ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३