१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’: आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष



इस्लामाबाद । पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) ले सोमबार पाकिस्तानको हालै जारी आर्थिक सर्वेक्षणलाई लिएर सरकारको कडा आलोचना गर्दै यसलाई गठबन्धनको असफल आर्थिक व्यवस्थापन र देशमा गहिरो सङ्कटको प्रमाण भनेको छ ।

पिटिआईका सूचना सचिव शेख वकास अकरम र विपक्षी नेता उमर अयुब खानले पत्रकार सम्मेलनमा अर्थमन्त्री मुहम्मद औरङ्गजेबले मुद्रास्फीति, गरिबी र स्थिरतालाई नियन्त्रण गर्न सत्ताधारी गठबन्धनको असक्षमतालाई उजागर गर्दै आर्थिक प्रतिवेदन ‘माफी माग्ने तरिकामा’ प्रस्तुत गरेको बताए ।

उनीहरूले मात्र तीन वर्षमा तीन करोड पाकिस्तानी गरिबीको रेखामुनि धकेलिएको दाबी गरेको डनले बताएका छन ।

यसअघि पिटिआईको छ दशमलव पाँच प्रतिशतको वृद्धिदरको आलोचना गर्नेहरूले अहिले आफ्नो ‘सबैभन्दा खराब’ प्रदर्शनको रक्षा गरिरहेको अकरमले बताए । राष्ट्रपति आसिफ जर्दारीले सार्वजनिक समस्या समाधान गर्ने वाचा गरे पनि गरिबी मात्र बढेको उनले बताए ।

तीन वर्षमा वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा झरेको र बिजुलीको बिल तिर्न नसक्ने भएकाले धेरै नागरिकहरू सौर्य ऊर्जा अपनाउन बाध्य भएको पनि उनको भनाइ थियो । उनका अनुसार मुद्रास्फीति ११ दशमलव पाँच प्रतिशतमा उच्च रहेको छ, जसले सरकारको सुधारको दाबीलाई खण्डन गर्छ ।

अयुबले सरकारको कृषि नीतिहरूको आलोचना गर्दै आधारभूत क्षेत्रहरू पनि घटेको बताए । “सबै बालीले नकारात्मक वृद्धि देखाए, तर गधाहरूको जनसङ्ख्या बढेको छ”, उनले टिप्पणी गरे ।

पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्सको तथ्याङ्कलाई उद्धृत गर्दै उनले सन् २०२२ मा ५० हजारको मूल्य घटेर २० हजार आठद सय ३३ रुपैयाँ पुगेको र चियाको मूल्य ७४ प्रतिशतले बढेको बताए ।

पिटिआई नेताहरूले आर्थिक पतनका कारण ठूलो सङ्ख्यामा पलायन हुने चेतावनी पनि दिएका छन् । अकरमले खराब आर्थिक अवस्थाबाट बच्न मानिसहरू देशबाट भागिरहेको र चाँडै थप आउने बताए ।

अयुबका अनुसार हालैका वर्षहरूमा ३२ लाख मानिसले रोजगारी गुमाउने, मुद्रास्फीति र खराब जीवनस्तरको कारण पाकिस्तान छोडेका थिए । उनले सत्तारूढ सांसदहरू उनीहरूको असफल शासनका कारण मतदाताहरूको सामना गर्न असमर्थ रहेको बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ३ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले