४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम : बुटवलका ५० जना युवाहरुलाई अडियो, भिडियोग्राफी, ड्रोन तथा एसी, फ्रिज बनाउने तालिम सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको ‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम अन्तरगत युवाहरुका लागि एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिम तथा अडियो, भियोग्राफी र ड्रोन सम्बन्धी आधारभूत तालिम सञ्चालनमा आएको छ । तालिमको मंगलबार समुद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले युवाहरुलाई रोजार सिर्जनाका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराए ।

‘तालिमका लागि मात्रै तालिम होइन, सिकेका सीपलाई प्रयोग गरेर स्वरोजगार बन्ने, उद्यमी बन्ने बाटोमा युवाहरुलाई प्रेरित गर्ने हाम्रो लक्ष्य हो ।’- नगर प्रमुख पाण्डेयले भने, सीप प्रदान गर्ने मात्रै होइन उपमहानगरले रोजगारको सिर्जनाका लागि पनि काम गर्दैछ । उपमहानगरले रोजगार सिर्जनाका लागि आगामी महिना रोजगार मेला आयोजना गर्न लागेको जानकारी गराउँदै उनले उक्त मेलामा रोजगारदाता कम्पनी र उपमहानगरले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी व्यक्तिहरुलाई एकै ठाउँ सहभागी गराएर दुबै पक्षलाई श्रम र रोजगारको अवसर सिर्जना गरिने बताए ।

उपमहानगरकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलभित्र रहेका युवाहरुलाई सकेसम्म रोजगार तथा स्वरोजगार बनाउने योजना अनुसार ठूला धनराशी लगानी गरेर सीपमूलक तालिमहरु सञ्चालन गरिएको जानकारी दिइन् । सकेसम्म देशमा सिकेको सीपलाई देशभित्रै प्रयोग गर्न सुझाव दिँदै उनले सिकेका सीपलाई अनिवार्य रुपमा व्यवहारमा प्रयोग गर्न समेत आग्रह गरिन् ।

उपमहानगरले सञ्चालन गरेको एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिममा २० जना युवाहरु सहभागी रहेका छन् । एक महिनासम्म सञ्चालन हने उक्त तालिमका लागि यसअघि नै आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो । यसैगरी अडियो, भिडियोग्राफी तथा ड्रोन सम्बन्धी आधारभूत तालिमा ३० युवा युवाहरु छनोट भएका छन । ३० दिनसम्म सञ्चालन हुने उक्त तालिममा पनि आवेदन आह्वान गरी अन्तरवार्ता मार्फत छनोट गरिएको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ५ : १८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ