५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चलचित्र ‘महाभोज’ को प्रिभ्यु प्रिमियर शो बुटवलमा सम्पन्न



बुटवल । निर्देशक दिनेश राउत निर्देशित चलचित्र ‘महाभोज’ को प्रिभ्यु प्रिमियर शो मंगलबार राती बुटवलमा सम्पन्न भएको छ । यही जेठ ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ को बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा रहेको फ्रेण्ड्स सिनेमा हलमा प्रिभ्यु प्रिमियर शो आयोजना गरिएको हो ।

सहकारी पीडितको कथामा आधारित यस चलचित्रलाई बुटवलका सहकारी पीडितहरूले कलाकारहरूसँगै बसेर हेरेका थिए । चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया लगायतको उपस्थितीमा सँगै फिल्म हेरेका दर्शकहरुले चलत्रिले सहकारी पीडितहरुको पीडालाई यथार्थ प्रस्तुत गरिएको उल्लेख गरे ।

‘महाभोज’ को काठमाडौं र पोखरापछि बुटवलमा प्रिभ्यु प्रिमियर गरिएको हो । सुप्रिम सहकारीबाट पीडित ५० भन्दा बढी सहकारी पीडितहरूले चलचित्र हेरेपछि आफ्नै कथा बोलेको प्रतिक्रिया दिए । सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले चलचित्र हेरेपछि आफ्नै कथालाईलाई चलचित्रले व्यक्त गरेको प्रतिक्रिया दिए ।

सामाजिक कथामा आधारित चलचित्र भएकाले कलाकारहरूले विषयवस्तुलाई न्याय दिलाउने गरी अभिनय गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले बताए । उनले सहकारीसँगै सहरिया बुहारी र गाउँले सासूको दृश्य र राजनीतिक दुरुपयोगको कथालाई उतारेको बताए । सामाजिक परिवेशको सशक्त चलचित्रका रूपमा रहने उनको विश्वास छ । सहकारी पीडितहरूले आफूहरूले अहिलेसम्म न्याय नपाएको बताउँदै चलचित्रमा जस्तै सरकारले न्याय दिलाउन नसके विद्रोह हुनसक्ने आक्रोश समेत पोखेका थिए ।

चलचित्रका निर्देशक दिनेश राउतले बुटवलका दर्शकहरूको प्रतिक्रियाले उत्साही बनाएको बताए । उनले चलचित्रमा सहकारीको पैसा अपचलन एउटा प्रवृत्तिका रूपमा देखा परेकाले समाजको कथालाई उतारेको बताए । यस्तै नायक आर्यन सिग्देलले दर्शकहरूले आफूहरूको कथा नै देखाइएको प्रतिक्रिया आएकाले महाभोजमा दर्शकको साथ पाउने अपेक्षा गरे ।

नायिका अञ्जना बराइलीले बुटवलका सहकारी पीडितहरूसँगै बसेर चलचित्र हेर्दा यसले सकारात्मक ऊर्जा दिएको बताईन् । ‘यो त हाम्रै कथा रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ, आशा छ बुटवलका दर्शकहरूले साथ दिनुहुनेछ’ उनले भनिन । चलचित्रका अर्की नायिका मलिका महत, कलाकार बुद्धि तामाङले चलचित्रमा समाजकै कथा बोलेकाले साथ दिन आग्रह गरे ।

‘महाभोज’को काठमाडौंपछि पोखरा र त्यसपछि बुटवलमा प्रिभ्यु शो गरिएको हो । विराटनगर र धरानमा पनि प्रिमियर समारोह गर्ने निर्माता हिमाल कडरियाले बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ११ : ५३ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा