३० असार २०८२, सोमबार | July 14, 2025

फोहर व्यवस्थापनसँगै मुहार फेर्दै खजुरा



खजुरा । कुनैबेला बाँकेको खजुरा सडकमा थुप्रिएका फोहर, स्थानीयले बाटैमा जलाईएका फोहरको धुँवा, ब्यवसायीले फालेका प्लास्टिक र सवारी साधनबाट फ्याँकिएका पानीका बोटलले प्रदुषित हुने गर्दथ्यो । फोहरको ब्यवस्थापन नहुँदा बाटाका किनारमा थुप्रिएका फोहरका दुङ्गुरको दुर्गन्धले नाक थुन्नु पर्दथ्यो । खजुराको मुख्य २ वटा बजार जोडने पेडारी नालामा स्थानीयले फालेका फोहरका कारण नाकै थुनेर मात्र पुल पार गर्नुपर्ने अवस्था थियो । अचेल भने केही महिना अगाडि सम्म दुर्गन्धित देखिने खजुरा क्षेत्र क्रमशः सफा देखिँदै गएको छ ।

गत बैशाख महिनादेखि स्थानीय सरकारले एउटा सामाजिक संस्थासँग साझेदारी गर्दै फोहर उठाउन थालेपछि खजुराको मुहार फेरिँदै गएको छ । २ महिना पहिले सम्म फोहर फाल्ने ठाउँ नपाएर समस्यामा पर्ने गरेकी खजुरा स्थित अधिकारी मिष्ठान भण्डारकी संञ्चालक कल्पना अधिकारीले पालिकाले फोहर उठाउन थालेपछि निकै सहज भएको बताउँछिन् । २ महिना पहिले सम्म होटलबाट निसकेने फोहर बिसर्जन गर्ने ठाउँ नपाउँदा छिमेकीको गाली सुन्नु परेको उनलाई अहिले आनन्द भएको छ । हरेक बिहान पालिकाको ट्याक्टरले फोहर उठाउन थालेपछि जम्मा भएका फोहर गनाउने गरि थुपार्नु परेको छैन र जलाउनु पनि परेको छैन । ‘पैसा तिर्नुपरेपनि म त तैयार छु, पालिकाले बहुत राम्रो काम थालेको छ,’ उनले भनिन्, ‘अचेल फोहर गनायो भनेर छिमेकीको गालली सुन्नु परेको छैन, घर आँगन पनि सफा भएको छ ।’

खजुराकै अर्की व्यवसायी गीता सापकोटा पनि पालिकाले थालेको फोहर व्यवस्थापन कार्यबाट निकै खुसी छिन् । खजुरा गाउँपालिकाले राम्रो गरेको भन्ने कामको नाम लिनुपर्दा फोहर व्यवस्थापन पहिलो नम्बरमा आउने सापकोटाको भनाई छ । उनले अहिलेपनि लुकाई छिपाई नालामा फोहर फाल्ने प्रवृत्ति देखिएको बताउँदै त्यस्तो कार्य रोकेर स्थानीयबासीले पालिकालाई सघाउनु पर्ने बताइन् । पालिकाले राम्रो काम थालेपनि टिकाउ हुने कुरामा भने उनको शंका छ । ‘पालिकाको उत्कृष्ट कार्यलाई सबैले सघाएर टिकाउनुपर्छ,’ उनले भनिन्, ‘फोहरमा राजनीति गर्नु हुन्न ।’

खजुरा गाउँपालिकाले हाल छिमेकी जानकी गाउँपालिकामा दर्ता भएको सुन्दर बिहानी युवा क्लवसँगको साझेदारीमा फोहर व्यवस्थापन सुरु गरेको हो । पालिकाको २५ र सुन्दर बिहानीको २५ लाख लागतमा फोहर व्यवस्थापन गर्ने र पालिकाले व्यवस्थापन कार्यबिधि बनाएर क्लव मार्फन फोहर शुल्क उठाउने प्रक्रियमा रहेको क्लवका अध्यक्ष गणेश थापाले बताए । पालिकाले तोके बमोजिम नयाँ आर्थिक वर्षबाट घरधुरी र व्यवसायीबाट शुल्क उठाउने कार्य गरिने उनले बताए । उनका अनुसार क्लवको एउटा र पालिकाको एउटा गरि २ वटा ट्याक्टरले खजुराका ४ वटा वडाबाट शनिबार बाहेक हरेक दिन फोहर उठाउने गरेको छ । वडा नम्बर १ देखि ४ सम्मका वडाहरुबाट फोहर संकलन सुरु भइसकेको र बाँकी ४ वडाहरुबाट पनि छिटै संकलन कार्य सुरु गरिने उनले बताए ।

फोहर व्यवस्थापन कार्यबाट स्थानीय खुसी भएको माओवादी केन्द्र खजुराका अध्यक्ष राजकुमार विकले बताए । स्थानीयको छलफलबाटै शुल्कको सिफरिस गरिने जनाउँदै उनले जटिल बन्दै गएको फोहर व्यवस्थापनबाट हरियाली र सुन्दर खजुरा बनाउने पार्टीको घोषणा साकार हुने अपेक्षा गरे ।

पालिकाको आफ्नै ल्याण्डफिल साईड भएपछि मात्र फोहर व्यवस्थापन दिगो हुने स्थानीय शिक्षक राजेन्द्र सापकोटाको भनाई छ । फोहरको बर्गिकरण नगरि विसर्जन गर्दा दुर्घटना हुन सक्ने भन्दै उनले सिसा, प्लास्टिक र कुहिने फोहर संकलनको अलग व्यवस्थापन गर्न पालिकालाई सुझाव दिए । स्थानीउबासीको सहभागिता बिना व्यवस्थापन हुन नसक्ने औल्याउँदै उनले फोहर कार्ड बनाएर व्यवस्थापनलाई चुस्त बनाउनु पर्ने बताए ।

गाउँपालिकाले अहिले सम्मकै ठुलो र राम्रो काम गरेको नेपाली कांग्रेस खजुराका सभापति रमेश सिंजालीको ठहर छ । उनले फोहर व्यवस्थापन ठुलो विषय भएको भन्दै अहिलेसम्म हुन नसकेको काममो थालनी भएको बताए । उनले राम्रो कामको थालनी भएपनि त्यसलाई दिगो बनाउने नाममा कसैलाई कमाउने अवसर दिन नहुने बताए । जनतामा कतिथरि कर तिर्ने भन्ने प्रश्न छ, उनले भने, जनताको प्रश्नको संबोधन गरेर मात्र फोहर कर निर्धारण गर्नुपर्छ । निशुल्क गर्न नसकिएपनि जनताको भावनालाई बुझेर मात्र शुलक निर्धारण गर्न उनले पालिकालाई सुझाव दिए ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले पालिकाले दिर्घकालिन योजनाका साथ फोहर विसर्जनको योजना बनाएको जानकारी दिए । फोहरलाई मोहोर बनाउने गरि फोहर प्रशोधन केन्द्र स्थापना गर्ने र त्यसबाट राजश्व बृद्धि गर्ने लक्ष्यका साथ काम अघि बढेको उनले बताए । उनका अनुसार प्रत्यक घरधुरीबाट न्युनतम शुल्क निजी क्षेत्रबाटै उठाउने गरि हाललाई व्यवस्थापन सुरु गरिएको हो । पालिकाले कार्यबिधि बनाएर गाउँसभाबाट पारित भएसँगै शुल्क उठाउने काम सुरु हुने उनले बताए । ‘पहिलो ३ वर्ष डम्पिङ साइडको पहिचान, प्रशोधन केन्द्रको स्थापना र त्यसको व्यवस्थापनको तयारी हुन्छ,’ उनले भने्, ‘फोहरबाट मोहर आउन थालेपछि स्थानीयलाई भार नपर्ने गरि व्यवस्थापन हुन्छ ।’

पालिकाको कदमले हरित पालिका बनाउने कार्यमा सघाउ पुग्ने स्थानीयले बताएका छन् । हाल जानकी गाउँपालिकामा बिसर्जन हुँदै गरेको फोहर प्रशोधन केन्द्र बनेसँगै उपयुक्त स्थानमा बिसर्जनको ब्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । कार्यपालिकाले फोहर शुल्क निर्धारण गरेपनि स्थानीयको सुझाव र व्यवहारिक प्रयोगबाट परिमार्जन गरिने पनि पालिकाले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  ७ : ०१ बजे

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

नयाँदिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी

बजेट निर्माण गर्न बनाइएको विधि भत्काइयो, सेटिङमा बजेट बनाइयो : अध्यक्ष प्रचण्ड

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा

नवलपुरमा करेन्ट लागेर मजदुरको मृत्यु

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा । जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्,

प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र कहाँ बन्यो र प्याराफिट ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का