१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना



काठमाडौं । भारतबाट ब्रिटेनका लागि उडेको जहाज उड्नासाथ दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

विमानभित्र रहेका यात्रुको संख्याका बारेमा भारतीय मिडियामा फरक फरक संख्या उल्लेख गरिएको भए पनि अहिलेसम्म एयर इन्डियाले केही नबताएको समाचारहरुमा जनाइएको छ । अधिकांश मिडियाले विमानमा २४२ जना सवार रहेको जनाएका छन् । जसमा दुई जना पाइलट, १० जना क्याबिन क्रु र २३० जना यात्रु रहेको जनाइएको छ ।

एयर इन्डियाको एआई-१७१ उडान (बोइङ ७८७-८ ड्रिमलाइनर) अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा टेक-अफ लिनासाथ दुर्घटनामा परेको थियो ।

अपराह्न १ बजेर ३८ मिनेटमा विमानले उडान भर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको आवाज आएको थियो । हताहतीको आशंका गरिएको भए पनि यकिन विवरणहरु भने प्राप्त भएका छैनन् । उक्त विमान अहमदावादबाट लण्डनका लागि उड्दै गरेको थियो ।

बीबीसीका अनुसार दुर्घटनास्थलमा अहिले फायर ब्रिगेडका गाडीहरु पुगिरहेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल एकका एक म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- विमानस्थल वरिपरि पुरै धुँवा देखिएको छ ।”

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : ५३ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट