२८ चैत्र २०८२, शनिबार | April 11, 2026

दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय र ५३ बेलायती नागरिक थिए



काठमाडौं । भारतको गुजरातस्थित एयर इन्डियाको एआई-१७१ उडान (बोइङ ७८७-८ ड्रिमलाइनर) विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ ।

अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक थिए ।

एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् । विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह-विमान चालक (को-पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) अनुसार, विमानले अहमदाबादबाट १३ः३९ मा रनवे २३ बाट उडान गरेको थियो । यसले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे कल’ गरेको थियो, तर पछि विमानबाट कुनै प्रतिक्रिया आएन । उडानलगत्तै विमान विमानस्थल परिसर बाहिर ठोक्किएर खस्न पुगेको थियो ।

अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमानस्थल अहिले अपरेशनमा नभएको बताएका छन् । अर्को सूचना नआउन्जेल सम्पूर्ण उडान सेवा निलम्बित गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ४ : १८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख