३१ असार २०८३, बुधबार | July 16, 2026

प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, शुक्रबार दिउँसो १ बजे बस्ने



काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ः०० बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रुमख प्रतिपक्षीलगायतका विपक्षी दलहरुको अवरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आज अपराह्न ३ः०० बजेका लागि बोलाइएको बैठक दलहरुबीचको आन्तरिक छलफलका कारण सूचना प्रकाशित गरेर साँझ ५ः३० लागि सारिएको थियो । सो समयमासमेत बैठक बस्न नसकेपछि साँझ ६ः३० बजेका लागि निर्धारण गरिएको थियो ।

निर्धारित समयमा बैठक सुरु हुनेबित्तिकै विपक्षी दलले विरोध जारी राखे । सभामुख देवराज घिमिरेले पटकपटक विपक्षी दलका सांसदलाई आशनग्रहण गर्न आग्रह गर्नुभए पनि विरोध जारी रहेपछि कार्यसूचीमा रहेका सबै कार्यक्रम हटाइएको जानकारी गराउनुभयो । ‘भिजिट भिसा’ प्रकरणमा बदमासी भएको भन्दै विपक्षी दलहरुले यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् ।

यसबीचमा प्रमुख दलबीच सहमतिको बिन्दु पहिल्याउन पटकपटक द्विपक्षीय, बहुपक्षीय छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । सभामुख घिमिरेले आज पनि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्नुभएको थियो । यस्तै, माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका नेताहरुबीच पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ८ : ३८ बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही