१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बाँके बर्दिया खटिएका डीआईजीका घुमुवा प्रहरी अपराधिक लाभ लिएको कसुरमा पक्राउ



नेपालगन्ज । लागूऔषधसहित लगायतका मुद्दामा फसाइदिने भन्दै व्यवसायीबाट रकम असुली गरेको आरोपमा २ जना नेपाल प्रहरीका घुमुवा प्रहरी र १ जना सशस्त्र प्रहरी जवान सहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर स्थित थ्रिस्टार मोबाइल पसलका सञ्चालकलाई डर, धम्की देखाएर ५ लाख रूपैयाँ असुली गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी रहेका छन् । त्यसैगरि पक्राउ पर्नेमा आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र आफूलाई पत्रकार तथा भ्रष्टाचार विरुद्धको अभियान्ता बताउने दैलेख घर भई नेपालगन्ज बस्ने सूर्यप्रसाद रिजाल रहेका छन् ।

किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डीएसपी लक्ष्मी खनालले बताइन् । उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध मोबाइल पसल सञ्चालकले आफूलाई विभिन्न मुद्दामा फसाइदिने डरत्रास देखाएर पाँच लाख रूपैयाँ जबरजस्ती असुलेको भन्दै बुधबार इलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएका थिए । उनीहरूविरुद्ध किटानी जाहेरी परेपछि बाँकेका विभिन्न स्थानबाट उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको डीएसपी खनालले बताइन् । सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरीलाई भने बिहीबार साँझमात्र पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिइन् ।

पक्राउ परेका पाँचैजनालाई इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ । बुधबार पक्राउ परेका खान, बर्मा, भण्डारी र रिजाललाई बाँके जिल्ला अदालतबाट बिहीबार म्याद थप गरेर अपराधिक लाभ कसुरमा अनुसन्धान अगाडि बढाइएको डीएसपी खनालले जानकारी दिइन्। सशस्त्र प्रहरी जवान चौधरी बिहीबार साँझमात्रै पक्राउ परेकाले उनीलाई आजमात्र बाँके जिल्ला अदालतमा उपस्थित गराइने उनले बताइन् ।

खान र बर्मा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) राजेन्द्रप्रसाद भट्टले बाँके, बर्दिया जिल्ला हेर्नेगरी खटाएका घुमुवा प्रहरी भएको बताइएको छ । उनीहरु दुवैजनाको दरबन्दी प्रहरीको लागूऔषध ब्युरोमा रहेपनि डीआइजी भट्टले बाँके र बर्दिया जिल्ला हेर्नेगरी मौखिक रूपमा जिम्मेवारी दिएका थिए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १ : ५१ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना