१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल



ललितपुर । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले पूँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्ने बताएका छन् ।

आइएमई लिमिटेडद्वारा आज ललितपुरमा आयोजित २५ औँ वार्षिकोत्सव समारोहमा गभर्नर पौडेलले हुण्डीबाट कारोबार भएर मानिसले पैसा नपाउने अवस्थामा आइएमई लिमिटेडले महत्त्वपूर्ण काम गरेको बताए ।

“आइएमईको यो योगदान धेरै ठूलो योगदान हो, देशका लागि धेरै ठूलो चुनौती लिएर काम गर्न सक्ने, रोजगारी र व्यावसायिक सम्भावना खोज्ने खालका व्यक्तिहरू आवश्यक छ,” उनले भने।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले विदेशमा भएको कमाई औपचारिक माध्यमबाट नेपालमा ल्याउन आइएमई सफल भएको भन्दै आगामी दिनहरूमा राष्ट्र बैंकले जारी गर्ने नीतिनियम तथा निर्देशन पालना गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

आइएमई ग्रुपका संस्थापक अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास नै नभएको अवस्थामा विदेशी रेमिटेन्स स्वदेश ल्याउन सफल भएको बताए । उनले इमानदारीपूर्वक लागेर काम गर्दा असम्भव काम पनि सम्भव हुन पुगेको उल्लेख गर्दै सरकारको प्राथमिकता, आमनागरिकको आवश्यकता र व्यावसायिक उद्यमीलाई आइएमईले महत्त्व दिएर काम गर्ने बताए ।

आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले सन् १९९४ देखि १९९८ सम्म जापानमा बस्दा नेपालमा पैसा पठाउन भोगेको समस्याले गर्दा आइएमई अभियानको सुरुआत भएको बताए ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले २५ वर्ष अगाडिको जटिल परिस्थितिमा देशको आवश्यकतालाई बुझेर रेमिटेन्स सेवा सुरु गरेको बताउँदै नागरिकको गुणस्तरीय जीवनमा समेत योगदान पुर्‍याएको बताए ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ५ : ४७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले