४ श्रावण २०८३, सोमबार | July 20, 2026

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा



एजेन्सी । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुस र बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमानबीच लण्डनमा भएको महत्वपूर्ण बैठकले बंगलादेशको आगामी राष्ट्रिय निर्वाचनका सम्बन्धमा महत्वपूर्ण राजनीतिक संकेत प्राप्त गरेको छ ।

यसै क्रममा प्राध्यापक युनुसले आवश्यक तयारी पूरा भए सन् २०२६ को रमजान अघिल्लो साता निर्वाचन हुनसक्ने संकेत दिएका छन् ।

लण्डनको प्रतिष्ठित होटल डोर्चेस्टरमा शुक्रबार बिहान ९ बजे (लण्डन समयअनुसार) सुरु भई १०ः३० बजे समापन भएको थियो । बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरिएको थियो, जसमा राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमान, मुख्य सल्लाहकारका प्रेस सचिव शफिकुल आलम र बिएनपी स्थायी कमिटी सदस्य अमिर खसरु महमूद चौधरी पनि सहभागी थिए ।

बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा तारिक रहमानले अर्को वर्ष रमजान अघि निर्वाचन गराउने प्रस्ताव राखेका थिए । उनले पार्टी प्रमुख बेगम खालिदा जियाले पनि त्यही समयमा निर्वाचन भए देशका लागि राम्रो हुने विश्वास व्यक्त गरेको सन्देश सुनाएका थिए ।

यसको जवाफ दिँदै प्रमुख सल्लाहकार प्राध्यापक युनुसले २०२६ अप्रिलको पहिलो पन्ध्र दिनमा निर्वाचन हुने घोषणा गरिसकेका छन् । तर, आवश्यक सबै प्रशासनिक, व्यवस्थापिका र निर्वाचन सुधार समयमै सम्पन्न भएमा फ्रेबुअरी मसान्तमा अर्थात् रमजान सुरु हुनुभन्दा एक साताअघि निर्वाचन हुनसक्छ ।

बिएनपीले यस वर्षको डिसेम्बरमा निर्वाचन गराउन माग गरिसकेको छ । तर, हालको चुनावी क्यालेन्डरअनुसार २०२६ अप्रिलमा निर्वाचन हुने अपेक्षा गरिएको थियो। अब रमजान अघिको सम्भावित समयसीमाले यो प्रक्रियालाई अलि लचिलो बनाउने देखिन्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ८ : ३८ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री