२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा



बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको प्राञ्जल एजुकेशन कन्सल्टेन्सी प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै बुटवलमा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौंमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सीले १६ वर्षको अनुभवसहित विद्यार्थीहरूलाई अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूके, न्यूजिल्याण्ड र आयरल्याण्ड लगायतका मुलुकहरूमा अध्ययनका लागि परामर्श सेवा दिँदै आइरहेको छ ।

बुटवलको मिलनचोक शुक्रपथमा सञ्चालनमा आएको शाखाको शनिबार आयोजित उद्घाटन कार्यक्रममा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले शाखाको समुद्घाटन गर्दै वैदेशिक अध्ययनको सपना बोकेका विद्यार्थीहरूका लागि बुटवलमै थप उपयुक्त, विश्वासिलो परामर्शदाता उपलब्ध भएको बताउँदै प्राञ्जलको सेवा विस्तारले समग्र क्षेत्रलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा इक्यान रुपन्देहीका पूर्व अध्यक्ष देव कुंवरले शुभकामना दिंदै परामर्श सेवा अझ विश्वसनीय, पारदर्शी र विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा गुणस्तरीय सेवा प्रदान गर्दै विद्यार्थी र अभिभावकको भरोसा जित्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्राञ्जल कन्सल्टेन्सीका कार्यकारी प्रमुख बासुदेव दाहालले कन्सल्टेन्सीको वार्षिक गतिविधिबारे जानकारी दिँदै प्रत्येक वर्ष २०० भन्दा बढी विद्यार्थीलाई सफलता साथ वैदेशिक अध्ययनका लागि पठाउन सफल भएको बताए । बुटवलको शाखाबाट पनि सोही अनुभव र दक्षता बुटवलका विद्यार्थीहरूसम्म पुर्‍याउने लक्ष्य रहेको उनले बताए ।

बुटवल शाखाका सञ्चालक शुनिललाल जोशीले शाखा विस्तारको उद्देश्यबारे प्रष्ट पार्दै विद्यार्थीको सहज पहुँच, स्थानीय आवश्यकताहरू र बुटवल क्षेत्रको मागका कारण यहाँ शाखा सञ्चालन गरिएको बताए । २२ वर्षदेखि परामर्श क्षेत्रमा क्रियाशील जोशीले यो शाखाबाट विद्यार्थीले भरपर्दो र समयसापेक्ष सेवा पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा शैक्षिक परामर्शदाता निशानबाबु कार्की, राम खरेल, राजेश पाण्डे, समिर सुवेदी, मिन शर्मा, शैक्षिक व्यक्ति किसु शर्मा र प्रेम भुर्तेलको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ४ : ११ बजे

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको