२ पुस २०८२, बुधबार | December 18, 2025

पार्टी महाधिवेशन २०८३ मा हुनेमा महामन्त्री थापा विश्वस्त



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरअगावै हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)को तेस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरअगावै हुने बताएका हुन् ।

“विसं २०८४ को निर्वाचनपछि अधिवेशन हुन्छ भन्ने भ्रममा नपर्नुहोस्, शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भने पनि अधिवेशन २०८३ मङ्सिरअगावै हुन्छ”, उनले भने ।

महामन्त्री थापाले आगामी असार मसान्तभित्र देशैभरका पार्टी क्रियाशील सदस्यको नवीकरण गरिसक्ने बताए । सदस्यता नवीकरण सकिएपछि नयाँ क्रियाशील सदस्य खोलिने उनको भनाइ थियो । उनले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने बताए ।

कांग्रेस नेता एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पार्टीभित्र विद्यमान गुटगत राजनीतिको अन्त्य आवश्यक भएको बताए । उनले कांग्रेसको सङ्गठन निर्माणमा पार्टी कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले क्रियाशील हुन युवा पुस्तालाई आह्वान गरे ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का सभापति ख्यामराज तिवारीले पार्टीलाई बलियो बनाउनुपर्ने बताए । हरेक कार्यकर्ताको मूल्याङ्कन पार्टीमा हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ५ : १२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल