५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार



काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर ९५ हजार ३७४ पटक खरिदबिक्री हुँदा रु ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ दशमलव ९४ को कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ४८, जलविद्युत् शून्य दशमलव ९६, उत्पादन तथा प्रशोधन एक दशमलव ४७, निर्जीवन बिमा शून्य दशमलव शून्य सात र व्यापार समूह एक दशमलव शून्य आठ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ४४, वित्त शून्य दशमलव ५९, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ७६ र जीवन बिमा शून्य दशमलव ५४ प्रतिशतले घटेका छन् । त्यस्तै, लघुवित्त शून्य दशमलव ३१, म्यचुअल फण्ड शून्य दशमलव ४१ र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले घटेका हुन् ।

ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड, प्युअर् इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी चार दशमलव ४३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सानिमा माई हाइड्रोपावर लिमिटेडको रु ८९ करोड एक लाख बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको २० लाख ७५ हजार एक सय ९७ कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ३३ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले