२१ भदौ २०८३, आइतबार | September 6, 2026

मधेसले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट



काठमाडौं । आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुराएको छ ।

आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् ।

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

यसपटक मधेशले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

यादवले बजेटमा ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ८९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका