१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मधेसले ल्यायो ४६ अर्ब ५८ करोडको बजेट



काठमाडौं । आर्थिक वर्ष ०८२/०८३ को बजेटको आकार ६.१३ प्रतिशतले मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार रुपैयाँ पुराएको छ ।

आइतबार मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटमा चालु तर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत तर्फ ३० अर्ब २६ करोड २८ लाख २४ हजार रुपैयाँ अर्थात् ६४.११ प्रतिशत विनियोजन गरेका छन् ।

आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाख तथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

यसपटक मधेशले राजश्व बाँडफाँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।

यादवले बजेटमा ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड ८९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा