३१ असार २०८३, बुधबार | July 16, 2026

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न



काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा बंगलादेश, भारत र नेपालका विभिन्न प्रदेशबाट पत्रकारहरुको गुणात्मक सहभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय सम्मेलन मार्फत मातृभाषाको पत्रकारितालाई प्रवद्र्धन गर्नुपर्ने, नेपाल सरकार लगायत सार्क राष्ट्रका सरकार प्रमुखहरुले मातृभाषाको पत्रकारिता गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने, सरकारी स्तरमा नीति तर्जुमा गरेर वजेटको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका छन् ।

दुईदिने सम्मेलनलाई उद्घाटन गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातृभाषाको पत्रकारितामार्फत नेपालको संविधानले सुनिश्चित गरेको बहुल समाजभित्रको एकतालाई व्यवहारमा लागू गर्न सकिने बताएका थिए । उनले सरकारी सञ्चार माध्यममा भाषाभाषीका समाचार प्रकाशन र प्रशारण हुँदै आएको सन्दर्भ जोड्दै यसमा थप समृद्ध गर्नुपर्ने विचार राखेका थिए ।

दोस्रो दिनको सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले मातृभाषा संरक्षण गर्न स्थानिय सरकार प्रतिबद्ध रहेको बताए । विद्यालयस्तरमा मातृभाषाको अध्यापन गर्नको लागि नगरपालिकाले तयारी गरिरहेको समेत मेयर श्रेष्ठले बताए ।

नेवा: पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्र लाल श्रेष्ठले ‘नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यले नेपालभाषाको माध्यमबाट पत्रकारिता सुरु गरेको १०१ वर्ष पुगेको उपलक्ष्यमा सम्मेलनको आयोजना गरेको जानकारी दिए ।

करिब ५० विदेशी पत्रकार तथा सय जना नेपाली पत्रकारहरु समिल्लित रहेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सार्क जर्नलिष्ट फोरम र फोनिजले सहकार्य गरेको थियो ।

सम्मेलनमा नेपाल लगायत विश्वव्यापी रहेको मातृभाषा पत्रकारिताको चुनौती, अवसर र भविष्यका सम्भावनाहरूमा केन्द्रीत रहेर विभिन्न चरणमा प्यानल छलफल गरिएको थियो । गोरखापत्रका पूर्व प्रधान सम्पादक पुस्करभक्त माथेमाले नेपालको सरकारी सञ्चार गृहमा मातृभाषाको पत्रकारिताको अभ्यासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल, भारत र बंगलादेशका गरी पाँच जना वरिष्ठ सञ्चारकर्मीहरुलाई नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य मातृभाषा पत्रकारिता सम्मान प्रदान गरिएको थियो । यसअघि सन् २०२४ मा पहिलो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन, सन् २०१८ र २०२२ मा राष्ट्रिय सम्मेलन गरेको थियो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ४८ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक