२३ भदौ २०८३, मंगलबार | September 8, 2026

त्रिदेशीय टी-२० क्रिकेट सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै



काठमाडौं । त्रिदेशीय टी-२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । हिजोबाट शुरू भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै सुरुवात गर्न लागेको हो ।

खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ । नेपालको भने यो पहिलो खेल हो ।

हालै सम्पन्न आईसीसी विश्वकप लिग टु अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी-२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको हो । लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जीत निकालेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ । लिग टु खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन् ।

उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन् । किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ५६ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका