३ पुस २०८२, बिहिबार | December 18, 2025

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्दै, किरण र रुपेशको डेब्यू



काठमाडौं । स्कटल्यान्डमा हिजोदेखि सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।

स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । नेदरल्यान्ड्सको यो सिरिजमा दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स स्कटल्यान्ड्ससँग पराजित भएको छ ।

टी-२० आईमा यसअघि भएका पाँच भेटमा तीन जित नेदरल्यान्ड्सले निकालेको छ भने दुई मा नेपालले जितेको छ । आजको खेल नेपालको टी-२० आई फर्म्य्राटमा एक सयौं खेल पनि हो । नेपालका लागि टी-२० अन्तर्राष्ट्रिमा दुई जना खेलाडीले डेब्यू गर्दैछन् । किरण ठकुन्ना र रुपेश सिंहले डेब्यू गर्दैछन् ।

घरेलु क्रिकेटमा जमेका दुवै खेलाडीको प्रदर्शन कस्तो हुनेछ त्यो खेलले नै थाह हुनेछ । यस्तै हार्ड हिटर लोकश बमको पनि प्रतिक्षा सबैलाई रहनेछ । ए टिममा आयरल्यान्ड्स उल्फ विरुद्ध उनले आक्रामक ब्याटिङ गरेका थिए ।

यस्तो छ नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठकुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : ४६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन