२ पुस २०८२, बुधबार | December 17, 2025

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते



बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वखोला-५ वीरकोट स्थित आर्यभन्ज्याङ रामपुर कच्ची सडक खण्डमा आर्यभन्ज्याङदेखि रामपुरतर्फ जाँदै गरेको अण्डा लोड गरेको लु १ च ६७५६ नम्बरको बोलेरो पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाल्पा बगनासकाली – १ गाप्टुङ घर भई हाल बुटवल उप(महानगरपालीका वडा नं. ११ मझुवा बस्ने सवारी धनी बर्ष अन्दाजी ४६ को बिनोद ढुङ्गाना र नामथर वतन नखुलेको बर्ष अन्दाजी ४०/४५ को पुरुष रहेका छन् । गम्भीर घाइते ढुंगानालाई लुम्बिनी मेडीकल कलेज प्रभास पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको र सनाखत नभएको अर्का घाइतेलाई मिसन अस्पताल पाल्पामा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

अण्डा लोड गरेको सो गाडि अचानक सडकदेखि अन्दाजी ३०० मिटर तल खस्न जाँदा २ जनाको मृत्यु भएको र चालक रुपन्देही बुटवल उप(महानगरपालीका वडा नं। ११ का ३० वर्षिय राजु खड्का घाइते भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए । घाइते खड्काको अवस्था गम्भीर रहेको उनले बताए ।

सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ४५ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको