२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य



काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ ।

सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको हो ।

नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन बनाए । ओपनर माइकल लेभिटले २० र अर्का ओपनर म्याक्स ओ‘डोडले १९ रन थपे । जाच लायन क्याच्टले ११ रन जोडे । साकिब जुल्फिकर २५ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १८ रनमात्र खर्चिए । नन्दन यादवले दुई विकेट लिए । कुशल भुर्तेल र ललित राजवंशीले समान एक विकेट लिए ।

टी-२० क्रिकेटमा नेपालको यो १०० औँ अन्तर्राष्ट्रिय खेल हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक अन्तर्राष्ट्रिय मान्यताप्राप्त टी-२० खेलेको थियो ।

स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् । शृंखलामा नेपालको यो पहिलो खेल हो । नेदरल्यान्ड्स भने आफ्नो पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको थियो ।

शृंखलामा नेपालका दुई अलराउन्डर सोमपाल कामी र गुल्सनकुमार झा छैनन् । यी दुवै खेलाडी यसअघि आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखला खेल्ने क्रममा घाइते भएका थिए । यी दुवै खेलाडीले जारी शृंखला गुमाउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ३१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले