२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपालले स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने, नन्दनको ठाउँमा बसिर



काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जित्दै पहिले बलिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपाल र स्कटल्यान्डबीचको यो पहिलो भेट पनि हो ।

जारी प्रतियोगितामा स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो भने नेपाल हिजो नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर पराजित भएको छ ।

स्कटल्यान्ड लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ भने नेपाल हिजोको हारलाई बिर्साउन आज जसरी पनि जित निकाल्ने दबाबमा छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । नन्दन यादव हिजोको खेलमा औंलामा चोट लागेर घाइते भएका कारण उनलाई बेन्चमा राखिएको हो ।

उनको ठाउँमा बसिर अहमदलाई रिप्लेस गरिएको छ । अरु भने हिजोकै प्लेइङ ११ यथावत छ ।

यस्तो छ नेपालको प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), अनिलकुमार साह (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसी, रुपेशकुमार सिंह र बसिर अहमद ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ७ : ३८ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय