१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

बलिङमा लामिछाने चम्किँदा स्कटल्यान्ड ९७ रनमा अलआउट, नेपाललाई ९८ रनको लक्ष्य



काठमाडौं । बलिङमा सन्दीप लामिछाने चम्किँदा स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजकाे दोस्रो खेलमा नेपालले घरेलु टिमबाट ९८ रनको लक्ष्य पाएको छ ।

स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमले नेपालविरुद्ध १९.४ ओभरमा ९७ रनमै समेटियो ।

स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले चार विकेट लिए । घातक बलिङ गरेका सन्दीपले चार ओभरमा एक मेडन फ्याक्दै ११ रनमात्र खर्चिए । उनको इकोनोमी रेट ३.०० भन्दा तल रह्यो ।

यसबाहेक, करण केसीले दुई र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए । ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

स्कटल्यान्डका माइकल लियस्कले सर्वाधिक ४६ रन बनाए । कप्तान म्याथ्यु क्रसले १५ र ब्रान्डन म्याकमुलनले १० रन थपे । यसबाहेक, स्कटिस टिमबाट अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो इनिङको पहिलो पावर प्ले समाप्त हुँदासम्म स्कटल्यान्डका आधा ब्याटर पभेलियन फर्किसकेका छन् । ६ ओभर समाप्त हुँदा स्कटल्यान्डले पाँच विकेट गुमाएर ३६ रन बनाएको छ ।

नेपालका करण केसीले दुई विकेट लिए । यस्तै, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । नेपालले एक विकेट भने रनआउटबाट लिएको थियो ।

शृंखलामा नेपालको यो दोस्रो खेल हो । यसअघि, नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग कीर्तिमानी प्रदर्शन गरे पनि सुपर ओभरमा हार बेहोरेको थियो । उक्त खेल तीन पटकसम्म सुपर ओभरमा पुग्दा नेदरल्यान्ड्सले तेस्रो पटकमा जित निकालेको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा तीन पटकसम्म सुपर ओभरमा पुगेको यो पहिलो र अहिलेसम्मको एकमात्र खेल हो ।

यता, स्कटल्यान्डको पनि जारी सिरिजमा यो दोस्रो खेल हो । स्कटल्यान्डले यसअघि पहिलो खेलमा डच टोलीविरुद्ध ३९ रनको जित निकालेको थियो ।

आइतबारदेखि सुरु भएको सिरिजमा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : २१ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक