१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

प्रहरीको साइबर ब्यूरोले भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया लेखेपछि आलोचना



नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा पक्राउ परेको विज्ञप्तिमा भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ । भारतको बहराईच जिल्ला अन्तर्गत जमुनाहा नाका पारीको भारतीय बजार रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरि प्रहरीले बिज्ञप्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको हो ।

प्रहरीको साइबर ब्यूरोले प्रकाशित गरेको विज्ञप्तिमा युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको उल्लेख छ ।

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका(४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाँके र नेपालगन्जको नेपाली भूमीमा रुपैडिया नामको कुनै स्थान नभएको जनाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपालको भूगोलका बारेमा प्रहरीलाई ज्ञान नहुनु दुखद भएको जनाएका छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ९ : ४७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा