३ पुस २०८२, बिहिबार | December 18, 2025

विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा



काठमाडौँ । गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीलाई सरूवा, पदस्थापन तथा काज खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव राजुराज कडरियालाई गोरखा, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारका महानिर्देशक सुरेश पन्थीलाई भोजपुर, गुल्मीका प्रजिअ जनार्दन गौतमलाई डडेलधुरा, मन्त्रालयकी सहसचिव सुनिता नेपाललाई इलामको प्रजिअमा सरूवा गरिएको छ भने इलामकी प्रजिअ कल्पना श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयले आज सार्वजनिक गरेको सरूवा विवरणअनुसार बैतडीका प्रजिअलाई दीर्घराज उपाध्याय र डोटीका प्रजिअ मोहनराज जोशीलाई गृह मन्त्रालय ल्याइएको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा खटाइएको छ ।

सल्यानकी प्रजिअ सावित्रा पुनलाई सहायक प्रजिअका रूपमा डडेलधुरा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीलाई सल्यानको प्रजिअमा सरूवा गरिएको छ ।

गृहका सहसचिव केदारनाथ शर्मालाई जुम्ला, गृहका सहसचिव वासुदेव दाहाललाई रोल्पा, गोरखाका प्रजिअ पुण्यविक्रम पौडेललाई बैतडीको प्रजिअमा खटाइएको छ भने डडेलधुराका प्रजिअ चोमेन्द्र न्यौपानेलाई गृह मन्त्रालय ल्याइएको छ ।

यस्तै अध्यागमन कार्यालय गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत दिनेशसागर भुसाललाई सिन्धुलीको प्रजिअमा पठाइएको छ भने भोजपुरका प्रजिअ नरबहादुर थापालाई गृह मन्त्रालयमा ल्याइएको छ ।

यस्तै रोल्पाका प्रजिअ खिमबहादुर रायमाझीलाई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ । गृह मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरूङलाई डोटीको प्रजिअमामा पठाइएको छ भने सिन्धुलीका प्रजिअ लीलाप्रसाद शर्मालाई गृह मन्त्रालयमा ल्याइएको छ । जुम्लाका प्रजिअ रामबहादुर शाहीलाई सप्तरीको प्रजिअमा सरूवा गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : १५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका