काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताको बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी हुने जनाइएको छ ।
बुधबारका लागि बोलाईएको बैठकमा माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित भएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहितका नेताहरुबीच छलफल भएर बैठक सकिएको थियो ।
उता प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले भने बुुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेका कारण र्बठक आजका लागि सारिएको बताएका छन् ।



















प्रतिक्रिया