२९ भदौ २०८३, सोमबार | September 15, 2026

अफताब आलमलाई सफाइ दिने दुवै न्यायाधीशलाई न्याय परिषदमा तानियो



काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरीसमेत परेको थियो ।

न्याय परिषदमा यसअघि नै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चौरसियाले मानेका थिएनन् ।

यसबीचमा थारुमाथि दुर्व्यवहारसमेत भएको थियो । आलमलाई जिउँदै इट्टाभट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर, उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भयो । उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए ।

परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ५ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ