२ पुस २०८२, बुधबार | December 18, 2025

त्रिदेशीय टी-२० सिरिज : नेदरल्यान्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी



काठमाडौं । ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको जित निकालेको छ ।

बिहीबार ग्लासगोमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा ओपनर कुशलले ६१ रन बनाए । उनले ५१ बलमा ६ चौका प्रहार गरे । यस्तै, आरिफ सेखले रिटायर्ट हर्ट हुनुअघि २३ बलमा तीन चौका र दुई छक्कासहित ३९ रन थपे । भीम सार्कीले २७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । लोकेश बम १२ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका बेन फ्लेचर, आयर्न दत्त, जाच लायोन क्याच्ट र रोइलोफ भान डेर मार्वेले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको डच टोली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रनको योगफल खडा थियो ।

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले सर्वाधिक ८६ रन बनाए । उनले ५३ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, रोइलोफ भान डेर मार्वेले ३६ र आयर्न दत्तले १७ रन थपे । सफिक जुल्फिकरले १४ रन जोडे । नेपालका करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, रुपेश सिंह र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

यो जितसँगै नेपालले शृंखलाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । नेपालले यसअघिका दुई खेलमा समान एक जित र एक हारको नतिजा आत्मसात गरेको थियो । नेपाल यसअघि पहिलो खेलमा नेदरल्यान्ड्ससँग नै तेस्रो सुपर ओभरमा पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो ।

यो जितसँगै नेपालले तीन खेलबाट चार अंक जोडेको छ । नेपालले अब भोली शृंखलाको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : १४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल