१ पुस २०८२, मंगलबार | December 17, 2025

जसपाको संघीय परिषद् बैठक आजबाट



काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक आजबाट सुरु हुँदै छ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

संघीय परिषद्को बैठकमा विधानको धारा २६ (३) अनुसार केन्द्रीय समितिका सदस्यहरू, केन्द्रीय निकायका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, प्रादेशिक निकायका पदाधिकारीहरू, राष्ट्रिय समितिका पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्षहरू, जनवर्गीय संगठनका अध्यक्षहरू र मनोनित संघीय परिषद् सदस्य गरी करिब ४१३ जनाको सहभागी हुने सो पार्टीका नेता सुवेदीले बताए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ५७ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष