५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध



काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू भएको छ।

आजको बैठकमा मुख्यतयाः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसुची रहेको छ ।

बिगत चैत १३ देखि भिजिट भिस प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउनु पर्ने माग राखेर राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर संसदको बेल घेराउ गर्दै नारावाजी गर्दै आएको छ । जो आज पनि निरन्तरता पाएको छ ।

त्यसअघि सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर, रास्वपा र राप्रपाले भने त्यसलाइ अस्वीकार गरे।

यसअघि रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन । सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरे पनि रास्वपाले भने अस्विकार गरेको थियो ।

सभामुख घिमिरेको आग्रहलाई रास्वपाले अस्वीकार गर्दै आफ्नो विरोध जारी रहने बताए । रास्वपाको अवरोधका कारण प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सत्तापक्षका मुख्य सचेतक महेशकुमार बर्तौला र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि रास्वपालाई होहल्लाबीच प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर राख्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता