१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सरकारले सदनलाई निकै हेप्यो : हितराज पाण्डे



काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिदैँ सो आरोप लगाएका हुन् ।

संसदमा प्रतिपक्षी दलले अबरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका मन्त्रिको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति जनाएको हुन् ।

‘मन्त्री बिना नै बिनियोजन बिधेयक माथी छलफल सुरू गरिएको छ, सरकारले संसदको नियम पालाना गर्नु पर्दैन, संबन्धित मन्त्रीले संसदको नियमावलीमा पालाना गर्न पाउँदैन्, बजेट किताब पनि समयमा दिइएको छैन, यस्तो अवस्थामा हामी छलफलमा छौं,’ उनले भने, ‘नियमावली हामीले मात्रै मान्नु पर्ने, सरकारले नियमावली मान्नु पर्दैन, त्यसैले सरकारको उपस्थिति बेगर यो संसद चल्दैन सक्दैन् ।’ उनका अनुसार मन्त्री उपस्थित नभएकाले सबन्धित मन्त्रालयमा बहस हुन सक्दैन् ।

सो अघि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि सोही विषय उठाएका थिए । मन्त्री नभएकाले सो मन्त्रालयका बारेमा छलफल हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सरकारले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएको जनाउँदै दुइ मन्त्रालयको बजेटमा छलफल नहुने जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ३१ बजे

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो

अन्तरराष्ट्रिय आलु दिवस :‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र

बजेटमा गण्डकीका कुन–कुन योजना परे ?

पोखरा । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव २०८३/८४ को