१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सरकारले सदनलाई निकै हेप्यो : हितराज पाण्डे



काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारले संसदलाई हेपेको आरोप लगाएका छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिदैँ सो आरोप लगाएका हुन् ।

संसदमा प्रतिपक्षी दलले अबरोध गर्दागर्दै संसद चलाइएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारका मन्त्रिको उपस्थिति बिना नै संसद चलाएको भन्दै आपत्ति जनाएको हुन् ।

‘मन्त्री बिना नै बिनियोजन बिधेयक माथी छलफल सुरू गरिएको छ, सरकारले संसदको नियम पालाना गर्नु पर्दैन, संबन्धित मन्त्रीले संसदको नियमावलीमा पालाना गर्न पाउँदैन्, बजेट किताब पनि समयमा दिइएको छैन, यस्तो अवस्थामा हामी छलफलमा छौं,’ उनले भने, ‘नियमावली हामीले मात्रै मान्नु पर्ने, सरकारले नियमावली मान्नु पर्दैन, त्यसैले सरकारको उपस्थिति बेगर यो संसद चल्दैन सक्दैन् ।’ उनका अनुसार मन्त्री उपस्थित नभएकाले सबन्धित मन्त्रालयमा बहस हुन सक्दैन् ।

सो अघि नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पनि सोही विषय उठाएका थिए । मन्त्री नभएकाले सो मन्त्रालयका बारेमा छलफल हुन नसक्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि सरकारले युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका जेष्ठ नागरिक मन्त्रालयका मन्त्री उपस्थित नभएको जनाउँदै दुइ मन्त्रालयको बजेटमा छलफल नहुने जानकारी गराएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा