३१ असार २०८३, बुधबार | July 15, 2026

बुटवलको आईसीआई पथमा हत्या गरेर फरार रहेका न्यौपाने सुख्खानगरबाट पक्राउ



बुटवल । प्रहरीले आज बिहान असार बुटवलको मिलनको आईसीआई पथमा हत्या गरेर फरार रहेका ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखांची पाणिनी गाउंपालिका वडा नं.२ स्थायी घर भई हाल जिल्ला रुपन्देही सैनामैना नगरपालिका वडा नं. ६ बस्दै आएका ३६ वर्षिय बालकृष्ण न्यौपाने रहेका छन् ।

प्रहरीका अनुसार न्यौपानेले आज बिहान बुटवल उप-महानगरपालिका वडा नं. ९ मिलनचोक आईसिआई पथमा पछि नामथर खुलेका गुल्मी मालिका गाउंपालिका वडा नं ६ का २९ वर्षिय ज्योति वि.क.को टाउको तथा निधारको भागमा ढुंगाले हानी हत्या गरि फरार रहेका थिए । फरार न्यौपानेलाई लुकिछिपी बसेको अबस्थामा बुटवल उप-महानगरपालिका वडा नं. ८ सुख्खानगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई रुपन्देही जिल्ला अदालतबाट म्यादथप अनुमति लिएर कर्तब्य ज्यानमुद्धामा थप अनुसन्धान कार्य भई रहेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ४ : १४ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित