३ भदौ २०८३, बुधबार | August 19, 2026

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच भेटवार्ता



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो । पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गरे । उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ०९ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ