काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन आयोगलाई विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगको विवरणमा विसं २०८० चैत २० पछि रास्वपाको केन्द्रीय सदस्यका पदाधिकारी तथा सदस्यको हेरफेर भएपनि अद्यावधिक नभएको रास्वपाले जनाएको छ ।
पार्टीका तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएको उल्लेख गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने बताए । कार्यवाहक प्रवक्ता झाले भने, “अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको छ ।”
रास्वपाले पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ साउन १७ गते निर्वाचन आयोगसँगैकै परामर्शमा निवेदन पेस गरेको प्रवक्ता झाले जानकारी दिए ।



















प्रतिक्रिया