२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बुटवल-नारायणगढ सडक : आजबाट अनिश्चितकालका लागि सवारी सञ्चालनमा रोक



नेपालगन्ज । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ । विनयी खोलाको डाइभर्सन सहित वर्षाका कारण सवारी चल्न नसक्ने अवस्था आएको भन्दै सडक विभागको आयोजना निर्देशनालयले सो सडक खण्ड अनिश्चितकालका लागि बन्द गर्ने सूचना जारी गरेको हो ।

बुटवल नारायणगढ खण्डमा दिउँसोको समयमा ठुला र मझौला सम्पूर्ण सवारी साधन संचालनमा रोक लगाइएको छ भने रातीको समयमा कुनैपनि सवारी साधन संचालन गर्न रोक लगाइएको छ । ‘जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा यसेको वैठकको निर्णायानुनार निर्माणाधिन नारायणघाट बुटवल सडकको दुम्कीवास स्थित विनयी खोला पुलको डाईभर्सन सड़क वपत्ति वारम्बार वगाईरहेकोल सो स्थानमा बनेको नयाँ पुल सन्चालनमा नआउन्जेल र दाउन्ने खण्डको केही स्थानहरुमा ग्रावेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले सो मर्मत कार्य सम्पन्न गरी सहज यातायात सन्चालनको लागि तयार नहुन्जेलसम्मका लागि आज मितिः २०८२/०३/०७ गतेदेखि अकों सूचना प्रकाशित नगरुन्जेलसम्मका लागि उक्त सड़क खण्डमा ठूला र भारी मालवाहक सवारी सञ्चालनमा रोक लगाईएको व्यहोरा सम्वन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।’ आयोजना कार्यालयको सूचनामा लेखिएको छ ।

सो सडक खण्डमा साँझ ७ बजेदेखि विहान ५ बजेसम्म सबै प्रकारका सवारी संबालनमा समेत रोक लगाईएको समेत आयोजना कार्यालयको सूचनामा उल्लेख छ । कार्यालयले सम्भव भएसम्म वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गर्दै असुविधाप्रति क्षमा समेत मागेको छ ।

देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सिर्जना भएका छन् । निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापार्वाहीले समस्या चर्किएको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । विसं २०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ ।

 

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : १२ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन