७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु



काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको सन्दर्भमा आजदेखि यहाँ साताव्यापी सिजाङ सांस्कृतिक सप्ताह सुरु भएको छ ।

‘सिजाङ मिडिया गु्रप’द्वारा आयोजित सप्ताहको राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, नेपालका लागि चीनका राजदूत छन सोङ र सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले संयुक्त रुपमा उद्घाटन गरे।

त्यस अवसरमा उपाध्यक्ष घिमिरेले प्रस्तुत कार्यक्रमबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ तुल्याउन र जनस्तरीय मैत्रीलाई प्रगाढ बनाउन योगदान हुने विश्वास व्यक्त गरिन । उनले भनिन, “नेपाल–चीन सम्बन्ध केबल कूटनीतिक सीमाभित्र सीमित छैन, यो सम्बन्ध साझा इतिहास, संस्कृति, धर्म, सभ्यता र जनजीवनको जगमा निर्माण भएको छ ।” ‘एक चीन’ सिद्धान्तप्रति नेपाल आफ्नो प्रतिबद्धता रहेको उनले जनाइन् ।

नेपालका लागि चीनका राजदूत छन सोङले चीन जनताको आकाङ्क्षाअनुरुप आर्थिक विकास, सामाजिक सद्भाव, पर्यटन पव्रद्धन, भौतिक पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार, सूचना प्रविधिको विकासलाई तीव्रता दिँदै आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको जानकारी दिए ।

सिजाङ अन्तरराष्ट्रिय सांस्कृतिक सङ्घका उपाध्यक्ष लो च्युनले नेपाल र चीनबीच झण्डै दुई हजार वर्षदेखिको सांस्कृतिक सम्बन्ध सरकारीस्तरका साथै जनस्तरमा पनि झाङ्गिँदै गएको बताए । उनले दुई देशबीचको व्यापार, पर्यटन, संस्कृति र अन्य जनहितका क्षेत्रमा भएका कामले आपसी सम्बन्धलाई अझ विस्तार गरेको बताए ।

उद्घाटन समारोहमा विविध सांस्कृतिक कार्यक्रमका साथै सिजाङ क्षेत्रको भौगोलिक विविधता, रहनसहन, कला संस्कृति, वेशभूषा, पूर्वाधार निर्माणलगायत सिजाङसँग सम्बन्धित तस्विर प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ४ : ३० बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज